Kathmandu Press

राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ।
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
Hardik ivf

काठमाडौं, मंसिर १९ । राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ।

उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेल आज बिहान भर्ना भएका थिए। हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्