Kathmandu Press

काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला

काठमाडौँको टुँडीखेलमा एकजना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला

काठमाडौं, मंसिर १९ ।   काठमाडौँको टुँडीखेलमा एकजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

मृतकको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगत नै रगत रहेको भेटिएको छ। प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान  कार्य भइरहेको डिएसपी अधिकारीले जानकारी दिए।

शव जाँचको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, मंसिर १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्