Kathmandu Press

बाह्र दिनदेखि बेपत्ता वृद्ध मृत फेला

१२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध मृत फेला परेका छन्।
बाह्र दिनदेखि बेपत्ता वृद्ध मृत फेला

पर्वत, मंसिर १९ ।  १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध मृत फेला परेका छन्।

जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जङ्गलमा बुधबार बिहान मृत भेटिएका हुन्।

विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए।

मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी एकाएक सम्पर्कविहीन बनेका थिए।

परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन्।

मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: १७:४० बजे, बुधबार, मंसिर १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्