लोकेश बमको उत्कृष्ट ब्याटिङ विरागनटरको पहिलो जित
लागतार २ हारपछि पहिलो जित निकाल्ने क्रममा लोकेश बमको उत्कृष्ट ब्याटिङ मद्दतमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो।काठमाडाैं, मंसिर १९ : नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले पहिलो जित निकालेको छ। लागतार २ हारपछि पहिलो जित निकाल्ने क्रममा लोकेश बमको उत्कृष्ट ब्याटिङ मद्दतमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो।
पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १९१ रनको विशाल लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेको क्षतिमा भेट्टायो। विराटनगरलाई रोमाञ्चक जित दिलाउन लोकश बमले उत्कृष्ट ब्याटिङ गरे। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ७१ रन बनाए।
यस्तै, बासिर अहमदले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाए। बासिर र लोकेशले पाचौं विकेटका लागि ७९ रनको उत्कृष्ट साझेदारी गरेका थिए। मार्टिन गप्टिलले १७ बलमा ६ चौका प्रहार गर्दै २८ रन बनाउँदा अन्त्यम क्रिस सोलले ४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाए।
बलिङमा ललितपुरका दुर्गेस गुप्ताले ४ ओभरमा २१ रन मात्र खर्चेर ३ विकेट लिए भने रामोन सिमोन्ड्स र साद विन जाफरले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले एनपिएलकै ठूलो योगफल बनायो। लुम्बिनीले निर्धारित ओरभमा ७ विकेटको क्षतिमा १९१ रन बनायो। उसका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले २९ बलमा ४ चौकार २ छक्का प्रहार गरे।
यस्तै, टम मोरेसले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाए। उनले अनिल खरेललाई लागतार ३ छक्का प्रहार गरेका थिए। रोहित र मोरेसले तेस्रो विकेटका लागि ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
यस्तै, अन्त्यतिर विवेक यादवले ७ बलमा ३ छक्का प्रहार गर्दै १९ रन बनाए भने अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन जाफरले समान १५ रनको योगदान दिए।
बलिङमा विराटगनरले अनुशासित बलिङ गर्न सकेन्। उनले २९ रन अतिरिक्त दिएको थियो। उसका कप्तान सन्दीप लामिछाने, इस्मतुल्लाह आलम र राजेश पुलामीले समान १ विकेट लिए। सन्दीपले तेस्रो खेलमा आएर एनपिएलमा विकेटको खाता खोले।