Kathmandu Press

नेपालले प्रस्ताव गरेका बीआरआई सहकार्य फ्रेमवर्कका यी हुन् १० परियोजना

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी सिटी हल र प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना समेटिएका छन्। 
नेपालले प्रस्ताव गरेका बीआरआई सहकार्य फ्रेमवर्कका यी हुन् १० परियोजना

काठमाडौं, मंसिर १९ : प्रधानमन्त्रीको चीन भ्रमणकाक्रममा बुधबार बेइजिङमा हस्ताक्षर भएको बीआरआई सहकार्य फ्रेमवर्कमा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन्। 

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी सिटी हल र प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना समेटिएका छन्। 

Hardik ivf

बीआरआई सहकार्य फ्रेमवर्कमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स पयिोजना परेका हुन्। 

नेपालले प्रस्ताव गरेको काठमाडौं–हेटौंडा पोडवे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति भने सहमतिको सूचीमा परेनन्। 

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्