Kathmandu Press

रास्वपा कार्यकर्ता र प्रहरीको झडपमा चीतवनमा २० प्रहरी घाइते 

रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकीलको कार्यालय लैजानेक्रममा रास्वपाका कार्यकर्ताले प्रदर्शन गदै अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। 
रास्वपा कार्यकर्ता र प्रहरीको झडपमा चीतवनमा २० प्रहरी घाइते 

चितवन, मंसिर १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको जिल्ला प्रहरी कार्यलय अगाडि भएको झडपमा २० भन्दा बढी प्रहरी घाइते भएका छन्। 

रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकीलको कार्यालय लैजानेक्रममा रास्वपाका कार्यकर्ताले प्रदर्शन गदै अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। 

Hardik ivf

सुरुमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको दावी प्रहरीले गरेको छ। प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएका हुन्। 

रास्वपाका समर्थकलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज, पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीको बल प्रयोगमा रास्वपा जिल्ला सभापति कृष्ण भुषाल घाइते भएको जनाइएको छ। प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएको जनाइएको छ। 

रास्वपाका घाइते कार्यकर्ताको विवरण भने आउन बाँकी छ । रास्वपाका समर्थकले प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए । घाइते प्रहरी र रास्वपाका कार्यकर्ताको उपचार भइरहेको छ। 

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्