Kathmandu Press

अध्यक्ष दाहाललाई ‘गणतन्त्र नायक’ सम्मान 

गणतन्त्र सेनानी कोषले एक कार्यक्रमबीच अध्यक्ष दाहलालाई सो सम्मान प्रदान गरेको हो। 
अध्यक्ष दाहाललाई ‘गणतन्त्र नायक’ सम्मान 

काठमाडौं, मंसिर १९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘गणतन्त्र नायक’ समनबाट सम्मानित गरिएको छ।

गणतन्त्र सेनानी कोषले एक कार्यक्रमबीच अध्यक्ष दाहलालाई सो सम्मान प्रदान गरेको हो। 

Hardik ivf

देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ।

कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो। कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन, वर्षमान पुन अनन्त, जनार्दन शर्मा र चक्रपाणि खनाललाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ। 

कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ। बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए।

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्