Kathmandu Press

लुम्बिनीले दियाे विराटनगरलाई एनपिएलकै ठूलो लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा लुम्बिनी लायन्सले विराटगनरलाई प्रतियोगिताकै ठूलो १९२ रनको लक्ष्य दिएको छ।
लुम्बिनीले दियाे विराटनगरलाई एनपिएलकै ठूलो लक्ष्य

काठमाडाैं, मंसिर १९ : नेपाल प्रिमियर लिगमा तेस्रो खेल खेरिहेको विराटनगर किंग्सले प्रतियोतिगाकै ठूलो लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा लुम्बिनी लायन्सले विराटगनरलाई प्रतियोगिताकै ठूलो १९२ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले विस्फोटक ब्याटिङ गर्दै निर्धारित ओरभमा ७ विकेटको क्षतिमा १९१ रन बनायो। उसका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले २९ बलमा ४ चौकार २ छक्का प्रहार गरे।

यस्तै, टम मोरेसले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाए। उनले अनिल खरेललाई लागतार ३ छक्का प्रहार गरेका थिए। रोहित र मोरेसले तेस्रो विकेटका लागि ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यस्तै, अन्त्यतिर विवेक यादवले ७ बलमा ३ छक्का प्रहार गर्दै १९ रन बनाए भने अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन जाफरले समान १५ रनको योगदान दिए। 

बलिङमा विराटगनरले अनुशासित बलिङ गर्न सकेन्। उनले २९ रन अतिरिक्त दिएको थियो। उसका कप्तान सन्दीप लामिछाने, इस्मतुल्लाह आलम र राजेश पुलामीले समान १ विकेट लिए। सन्दीपले तेस्रो खेलमा आएर एनपिएलमा विकेटको खाता खोले।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्