प्रधानन्यायाधीशले गठन गरे संवैधानिक इजलास
इजलासमा बुधबार प्रधान न्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा संलग्न छन्।
काठमाडौं, मंसिर १९ : सर्वोच्च अदालतमा लामो समयपछि संवैधानिक इजलास गठन भएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलास गठन गरेका हुन्। इजलासमा बुधबार प्रधान न्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा संलग्न छन्।
इजलासमा १६ थान मुद्दा पेसीमा रहेका छन्। अहिले अधिवक्ता वसन्त जोशीको रिटमाथि सुनुवाई चलिरहेको छ।
जोशीले चुनावी विवादमा नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी विरुद्ध रिट दिएका थिए । चौधरीलाई सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ।
यसबाहेक सङ्घीय संसदमा सभामुखलाई विपक्षी बनाएको रिट पनि सुनुवाईकाक्रममा छ। मधेस प्रदेशका तर्फबाट दायर भएको रिटमा पनि पेसी तय भएको छ।
प्रकाशित मिति: १४:०९ बजे, बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












