Kathmandu Press

एक वर्षमा मानव अधिकारको उल्लंघनका १२० उजुरी

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरिएको थियो। 
एक वर्षमा मानव अधिकारको उल्लंघनका १२० उजुरी

काठमाडौं, मंसिर १९ : राष्ट्रिय मानवअधिकार आयोगमा एक वर्षको अवधिमा मानव अधिकारको उल्लङ्घनसम्बन्धी १२० वटा उजुरीहरू दर्ता भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरिएको थियो। 

यस अवधिमा आयोगबाट पुराना र नयाँ गरी ३६८ वटा  उजुरीमाथि अनुसन्धान सम्पन्न भएको छ। यस अवधिमा २७६ उजुरी तामेलीमा राखिएको छ। १५ वटा उजुरीहरू खारेज गरिएको छ।

आयोगका अनुसार यस अवधिमा १०१ वटा उजुरीहरूमा अन्य कारबाहीको सिफारिस, ९ जना व्यक्तिहरूलाई विभागीय कारबाहीको सिफारिस र चार जना व्यक्तिहरूलाई दोषी किटान गरिएको छ। 

आयोगले ९० जना पीडित तथा पीडितका परिवारलाई क्षतिपूर्ति  उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरेको छ।

प्रकाशित मिति: १४:०० बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्