लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप
बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा झडप भएको हो।
काठमाडौं, मंसिर १९ : रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवन सरकारी वकिल कार्यालय अगाडी झडप भएको छ।
बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा झडप भएको हो। प्रहरीले स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ।
लामिछानेका समर्थकहरुको प्रदर्शन जारी छ । अहिले लामिछानेको बयान चलिरहेको छ । लामिछानेलाई सहारा सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार चितवन लगिएको थियो।
प्रकाशित मिति: १३:२२ बजे, बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












