चीन-नेपालबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर
दुई पक्षीय सघन वार्तामा फ्रेम वर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेसँगै बुधबार हस्ताक्षर भएको हो।काठमाडौं, मंसिर १९ : नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसियिटभ(बीआरआई) सहकार्य फ्रेम वर्कमा हस्ताक्षर भएको छ।
परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयका अधिकारी बीच बीआरआई सहकार्य फ्रेम वर्कमा हस्ताक्षर भएको हो।
नेपालले प्रस्ताव गरेको फ्रेम वर्कमा अनुदानमा बीआरआई कार्यान्वयन गर्न सकिने उल्लेख थियो।
तर चीनले अनुदानमा मात्र बीआरआई कार्यान्वयन गर्न नसकिने भन्दै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो।
दुई पक्षीय सघन वार्तामा फ्रेम वर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेसँगै बुधबार हस्ताक्षर भएको हो।
बीआरआई परियोजना अन्तर्गत ऋण समेत लिन सकिने गरी फ्रेम वर्कमा दुई पक्षले हस्ताक्षर गरेका हुन। हस्ताक्षरसँगै नेपालले कुनै पनि चिनियाँ परियोजनामा ऋण र सहायता दुवै लिन बाटो खुलेको छ।
प्रकाशित मिति: १३:२१ बजे, बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केशर पुस्तकालयका प्रमुखलाई प्रश्न- केशरमहल पुननिर्माण गर्दा पुरातात्विक महत्वलाई कति ख्याल गरियो?बुधबार, मंसिर १९, २०८१
तारा एयरले सुरू गर्यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडानबुधबार, मंसिर १९, २०८१
५० वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ: देउवाबुधबार, मंसिर १९, २०८१
त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदैबुधबार, मंसिर १९, २०८१