राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया सम्पन्न
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेट सम्बन्धीको शल्यक्रिया भएको हो।
काठमाडौं, मंसिर १९ : राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ।
बुधबार राष्ट्रपति पौडेलको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेट सम्बन्धीको शल्यक्रिया भएको हो।
उनको आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्रा.डा. घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
बुधबार बिहान भर्ना भएका राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १३:११ बजे, बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












