इरास्मसको अलरान्ड प्रदर्शनमा काठमाडौंको पहिलो जित, कर्णाली अझै जितबिहीन
जेरार्ड इरास्मसले अलराउन्ड प्रदर्शन गरेपछि काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हरायो।काठमाडाैं, मंसिर १९ : जेरार्ड इरास्मसले अलराउन्ड प्रदर्शन गरेपछि नेपाल प्रियिमर लिगमा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। बुधबार टियू मैदानमा भएको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंमा ३ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो। उसका लागि सुमित महर्जले सर्वाधिक ४० रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनले पाँचौं विकेटका लागि इरास्मस र छैठौं विकेटका लागि करण केसीसँग महत्वपूर्ण साझेदारी गरेका थिए। त्यो नै कर्णालीको जितको आधार बन्यो।
यस्तै, इरास्मसले २८ बलमा ३ चौका र २ छक्का मद्दतमा ३८ रन बनाउँदा करण केसीले १० बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै विस्फोटक रुपमा २८ रन बनाए। त्यअसघि ओपनर माइलक लेविटले १९ बलमा २२ रन बनाएका थिए।
बलिङमा कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले शिखर धवनको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनायो। धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा नटआउट ७२ रन बनाए।
यस्तै, चाडविक वाल्टनले १५ बलमा २१ रन बनाउँदा जिशन मक्सुदले १४, बाबर हायतले १३ र गुल्सन झाले १२ रनको योगदान दिए।
बलिङमा काठमाडौंका जेरार्ड इरास्मसले २ तथा करण केसी, नाथल सोउटर र दीपेश कँडेलले समान १ विकेट लिए।