Kathmandu Press

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

शर्मालाई स्वागत गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताए।
नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, मंसिर १९ : नेपाल समाजवादी पार्टी निकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज उनलाई खाँदा लगाएर पार्टी प्रवेश गराएका हुन्।

शर्मालाई स्वागत गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताए। व्यक्तिगत रुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उनले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

प्रवेश गरेका शर्माले माओवादी स्कुलिङबाट विभिन्न ठाँउमा छरिएकाहरु सबैलाई समेटेर विशाल पार्टी बनाउने अभियानमा सहयोग पुर्याउन आफू माओवादी केन्द्रमा गोलबद्ध भएको बताए।

दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रशिक्षण समितिको सदस्य भएर काम गरिसकेका छन् । प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो।
 

प्रकाशित मिति: ११:३८ बजे, बुधबार, मंसिर १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्