Kathmandu Press

धार्मिक गुरुद्धारा अर्जुनचौपारी स्थित निर्माणाधिन नवग्रहको अवलोकन

अवलोकनमा पूज्य वाचक आचार्य चैतन्य कृष्णज्यू, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारी, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेसमेत सरिक थिए । 
धार्मिक गुरुद्धारा अर्जुनचौपारी स्थित निर्माणाधिन नवग्रहको अवलोकन

काठमाडौं, मंसिर २० : धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले अर्जुनचौपारी गाउँपालिका १ केटीचौरस्थित निर्माणाधिन नवग्रह मन्दिरको अवलोकन गरेका छन्। अवलोकनमा पूज्य वाचक आचार्य चैतन्य कृष्णज्यू, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारी, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेसमेत सरिक थिए । 

अवलोकनपश्चात् धार्मिक गुरु स्वामी लोकानन्द महाराजले नवग्रहको मन्दिर नेपालमै पहिलो रहेको र यो धार्मिक एवम् सांस्कृतिक रुपले पनि अति महत्वपूर्ण रहने बताउँदै भव्य रुपले हुने मन्दिरको अनुष्ठानमा सम्पूर्ण भक्तजनहरु उपस्थित भई पुण्य प्राप्त गर्न समेत अनुरोध गरे ।

Hardik ivf

अर्जुनचौपारी गाउँपालिकामा निर्माणाधिन यस मन्दिरलाई अर्जुनचौपारीको धार्मिक एवम् पर्यटकीय केन्द्रविन्दुको रुपमा विकास गरिने योजना रहेको पालिका प्रमुख प्रकाश तिवारीले बताए । तिवारीले उक्त नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसरमा फाल्गुन ६ देखि १४ गते सम्म भव्यरुपमा गरिने जनाए। 

यस मन्दिरमा नौवटा भुजा रहने पिल्लरमा १९ फिटको उचाइमा नवग्रहका नौ वटै मूर्ति रहनेछन् भने त्यसमाथि १४ फिटको उचाइमा रहने पिल्लरमा चतुर्भुज आकारको सूर्यतर्फ फर्केको सौर्य मण्डालीयको प्रतिमा रहनेछ उक्त पिल्लर मन्दिर परिसर भित्र बन्ने नौवटा वृत्त बीचमा रहनेछ । मन्दिर परिसरमा षट्कोण र त्यसको बीचमा पशुपतिनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिनेछ भने शिवलिङ्ग ७ क्वीण्टलको रहनेछ ।

नौवटा सर्कल रहने मन्दिरको माथिबाट घुम्न थालेपछि पुछारमा रहने सुरुङको बाटोबाट बाहिर निस्कन मिल्नेछ । निर्माणकार्य सकिएपछि मन्दिरमा गणेश, कूलदेवता, इष्टदेवता, लक्ष्मी, दुर्गा, कालभैरव, हनुमान पञ्चकन्या देवी लगायतको पूजा गरेपछि नवग्रहको पूजा हुनेछ ।

हरेक वर्ष गणेश चतुर्थीको दिनमा मात्र सौर्य मण्डालीय ग्रहको प्रतिमा पुजा गर्न पाइनेछ भने प्रत्येक साताको शनिबारमात्र यो मन्दिर दर्शन तथा नवग्रहको विधिवत पूजा गर्न  पाइनेछ । 

प्रकाशित मिति: ०८:१० बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्