एनपीएलमा आज दुई खेल हुँदै
पहिलो खेल कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजको हुनेछ । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स खेल्नेछ ।-ink-1732889973.jpeg)
काठमाडौं, मंसिर १९ : नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । आज कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र विराटनगर किंग्सका खेल हुनेछन् ।
पहिलो खेल कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजको हुनेछ । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स खेल्नेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
पहिलो खेल बिहान ९ः १५ बजे र दोस्रो खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
प्रकाशित मिति: ०७:५७ बजे, बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












