चितवनमा आज सकिएन रवि लामिछानेको बयान, भोलि फेरि लिइने
जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा मंगलबार लामिछानेसँग बयान लिइएको हो।-1726551923.jpg)
काठमाडौं, मंसिर १८ । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा मंगलबार लामिछानेसँग बयान लिइएको हो।
जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको रोहबरमा लिइएको बयान मंगलबार नसकिएको बताइएको छ।
लामिछानेको बयान भोलि पनि हुनेछ। चितवनको सहारा चितवन सहकारीको बचत अपचनल प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई त्यहाँ लगिएको थियो।
त्यसअघि लामिछानेसँग काठमाडौंमा बयान लिइएको थियो। काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालयमा तीन दिन लिइएको बयानमा ७५ वटा प्रश्न गरिएको थियो।
काठमाडौंमा बयान सकिएपछि उनलाई चितवन लगिएको थियो।
प्रकाशित मिति: २०:०१ बजे, मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












