Kathmandu Press

रास्वपाबाट काठमाडौं-१६ को वडाध्यक्ष निर्वाचित श्रेष्ठले लिइन् सपथ

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १६ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
रास्वपाबाट काठमाडौं-१६ को वडाध्यक्ष निर्वाचित श्रेष्ठले लिइन् सपथ

काठमाडौं, मंसिर १८ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १६ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रमुख शाहले यही मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका–१६ बाट निर्वाचित श्रेष्ठलाई आज महानगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा शपथ गराएका हुन्।

Hardik ivf

काठमाडौँको ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको सो वडाको २१ हजार २५ मतदातामध्ये १० हजार तीन सय ७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी क्षेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।

 शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति थिए।  

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्