Kathmandu Press

एमालेको जग्गा दान विवाद आज पनि सुनुवाइ भएन 

रिटमा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलास तय भए पनि हेर्न नभ्याइने सूचीमा परेको हो।
एमालेको जग्गा दान विवाद आज पनि सुनुवाइ भएन 

काठमाडौं, मंसिर १८ । नेकपा एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि दानमा लिएको जग्गा विवादको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परपछि मंगलबार पनि सुनुवाइ भएन । 

रिटमा सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलास तय भए पनि हेर्न नभ्याइने सूचीमा परेको हो।

पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले जग्गा दान लिएपछि सर्वोच्चमा रिट दायर भएको थियो। उक्त रिटमा यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काम अघि नबढाउन भनेको छ । त्यस यता पटक–पटक सुनुवाइको पेसी तय भएर पनि सुनुवाइ हुन सकेको छैन ।  

गुरुङबाट एमालेले लिएको जग्गा दान रोक्न माग राखेर अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका हुन् ।

गुरुङले गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओली र जग्गादाता गुरुङले संयुक्त रूपमा शिलान्याससमेत गरिसकेका छन्। 

 

प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्