देउवाले गरे कांग्रेसको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा दस सदस्य मनोनयन
नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
काठमाडौं, मंसिर १८ । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
सभापति देउवाले विभागका प्रमुखमा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई मनोनयन गरेका छन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जना सदस्यहरू मनोनयन गरिएको हो।
जसअनुसार गणेश चन्द सल्यान, मधुसूदन पाण्डेय काठमाडौँ, हेमलाल पुन गुल्मी, धर्मराज न्यौपाने अछाम, सिर्जना सिंह श्रेष्ठ काठमाडौँ, रेखा प्रसाईँ सुनसरी, जुमराती नदाफ धनुषा, लक्ष्मी परियार तनहुँ, रेणु चौधरी कैलाली र अनिता अर्याल चितवन छन्।
प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












