Kathmandu Press

दुर्गा प्रसाईंलाई थप चार दिन थुनामा राख्न अनुमति 

हिरासतमा राखेर अनुसन्धान गर्ने प्रयोजनका लागि अदालतले प्रहरीलाई अनुमति प्रदान गरेको हो।
दुर्गा प्रसाईंलाई थप चार दिन थुनामा राख्न अनुमति 

काठमाडौं, मंसिर १८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

हिरासतमा राखेर अनुसन्धान गर्ने प्रयोजनका लागि अदालतले प्रहरीलाई अनुमति प्रदान गरेको हो।

प्रसाईं ५ मंसिरमा पक्राउ परेयता अदालतको अनुमतिले म्याद थप्दै थुनामा छन्।

उनीविरुद्ध प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोप छ।

प्रहरीले प्रसाईंविरुद्ध  विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धान गरिरहेको छ । 

प्रसाईंका छोरा निराजन प्रसाईंले गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित दायर गरेको वन्दी प्रत्यक्षीकरण रिट खारेज भएपछि प्रसाईंमाथि छानविन गर्न बाटो खुलेको छ । 

प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्