Kathmandu Press

सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक : मन्त्री गुरुङ

उनले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए।
सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक : मन्त्री गुरुङ

काठमाडौं, मंसिर १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए।

Hardik ivf

‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ । व्यवस्थित बनाउनुपर्छ। सद्भाव भत्काएर दुर्भाभवना फैलाउने काम प्रयत्न गरिराखेको छ। यो चिज चाँही हाम्रो विकासको लागि बाधक छ,’ उनले भने, ‘हाम्रो आईटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ। यसबाट पनि चुनौतीहरु बढेको छ, अपराधहरु बढेको छ । यसलाई रोकथाम गर्नुपर्छ।’

उनले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक रहेको बताए।

‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक छ । तथापी नेपालको प्रचलीत कानुन ऐनको कार्यविधि विपरित गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ,’ उनले भने।
मन्त्री गुरुङले देशमा अहिले सामाजिक सञ्जाल अराजक बन्दै गइरहेको टिप्पणी गरे। सांस्कृतिक सह–अस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाई छ।

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्