Kathmandu Press

कतार एयरवेजले बन्द गर्‍यो भैरहवा उडान 

गत कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको कतार एअरवेजले उडान रोकेको हो। 
कतार एयरवेजले बन्द गर्‍यो भैरहवा उडान 

काठमाडौं, मंसिर १८ : कतार एयरवेजले मंसिर १५ गतेदेखि भैरहवा उडान बन्द गरेको छ। 

गत कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको कतार एअरवेजले उडान रोकेको हो। 

कतार एअरवेज कम्पनीले उडान अनुमती नविकरण नगरेका कारण उडान बन्द भएको हो। भैरहवा विमानस्थलको नवीकरण उडान अनुमति मंसिर १५ सम्म मात्र रहेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ। 

एयरवेजले भैरहवाबाट पुनः उडान अनुमति नलिएपछि उडान वन्द भएको जनाइएको छ। 
 

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, मंसिर १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्