बोपराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको चुनौतीपूर्ण लक्ष्य
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पहिला ब्याटिङ गरेको चितवन राइनोजले रवि बोपराको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएसँगै पोखराले १६२ रनको लक्ष्य पाएको हो।काठमाडाैं, मंसिर १८ : नेपाल प्रिमियर लिगको आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सले १६२ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पहिला ब्याटिङ गरेको चितवन राइनोजले रवि बोपराको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएसँगै पोखराले १६२ रनको लक्ष्य पाएको हो।
चितवनका लागि अनुभवी इंग्लिस अलराउन्डर बोपराले ३८ बलमा समान ३ चौका र छक्का प्हार गर्दै ५१ रन बनाए। यस्तै, कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३८ रनको इनिङ खेले।
४६–३को दबाबपूर्ण अवस्थाबाट चौथो विकेटका लागि कुशल र बोपराले ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यी दुवै आउट भएपछि चिवतनको ठूलो योगफल बनाउन सकेनन्।
बलिङमा पोखराका बिपिन खत्री, बास डे लिड र रेयमन रेइफरले समान २ विकेट लिए भने सागर ढकालको नाममा १ विकेट रह्यो।
चितवनको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो।