Kathmandu Press

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेर अघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका हुन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, मंसिर १८ : चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन्।

Hardik ivf

प्रधानमन्त्री ओलीले यसअघि समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए। सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने छन्।

 


 

प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्