Kathmandu Press

खनाल र चीनका उपप्रधानमन्त्रीबीच भेट, बिआरआइबारे छलफल

छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका बरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए।
खनाल र चीनका उपप्रधानमन्त्रीबीच भेट, बिआरआइबारे छलफल

काठमाडौं, मंसिर १८ : चीन भ्रमणका रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता कमरेड झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएसाङसँग भेटवार्ता गरेका छन्।

बेइजि स्थित ग्रेट हल अफ द पिपलमा भएको उक्त छलफल तथा भेटवार्ता कार्यक्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणको सन्दर्भमा छलफल भएको हो। 

Hardik ivf

छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका बरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए।

भेटमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ छुएसाङसँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण कुराकानी गरेको बताएको छ।

करिब तीन घण्टा चलेको सामूहिक छलफलको अन्त्यमा उपप्रधानमन्त्री छुसायाङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया किन सुरु भयो र यो ४६ वर्षमा सुधारको प्रक्रियाले कसरी समृद्धितर्फ अगाडि बढायो भन्ने बारेमा बताएका थिए। 
 
प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्