Kathmandu Press

अपांगता भएका व्यक्तिहरूको सहभागितालाई व्यापक बनाउन आवस्यक : देउवा 

भापति देउवाले नेपाली कांग्रेस समता, न्याय र समावेशी लोकतन्त्रका पक्षमा सदैव लड्दै आएको पनि शुभकामना सन्देशमा बताएका छन्।
अपांगता भएका व्यक्तिहरूको सहभागितालाई व्यापक बनाउन आवस्यक : देउवा 

काठमाडौं, मंसिर १८ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई व्यापक बनाउनुपर्ने बताएका छन्।

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै सभापति देउवाले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नुपर्ने शुभकामना सँदेशमा उल्लेख छ। सभापति देउवाले नेपाली कांग्रेस समता, न्याय र समावेशी लोकतन्त्रका पक्षमा सदैव लड्दै आएको पनि शुभकामना सन्देशमा बताएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसँगै अर्थपूर्ण सहभागिता आजको आवश्यकता रहेको भनाई देउवाको छ।  

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गरे । नेपाली कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि आवश्यक कानुनी, सामाजिक र संरचनागत सुधारहरूमा निरन्तर योगदान गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता पहललाई थप प्रभावकारी बनाइने प्रतिबद्धता पनि सभापति देउवाले व्यक्त गरेका छन्। 

शुभकामना सन्देशमा भनिएको छ, ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने छ।’ 

समावेशी विकासको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका लागि समान अवसर, पहुँच र सम्मानजनक जीवनयापनको सुनिश्चितता सबैको साझा दायित्व भएको पनि देउवाले सन्देशमा उल्लेख गरेका छन्। 
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, उहाँहरूको जीवनस्तर सुधार, शिक्षा, रोजगारी र स्वास्थ्य सेवामा समान पहुँचका लागि सबै तहका सरकार, नागरिक समाज र सरोकार भएका निकायबीच एकता र सहकार्यको खाँचो पनि सन्देशमा औंल्याइएको छ। 

अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र समावेशीतालाई समाजको मुख्य प्रवाहमा समेट्दै दिगो र समतामूलक विकासका लागि सहकार्य गर्न कांग्रेस सबैसँग आग्रह गर्ने सभापति देउवाले बताए।

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्