Kathmandu Press

नेपाल र चीनबीच के-के भए समझदारी?

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि दुई देशका सम्बन्धित अधिकारीले नौं बुँदामा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 
नेपाल र चीनबीच के-के भए समझदारी?

काठमाडौं, मंसिर १८ : प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच मंगलबार बेइजिङमा नौ वटा समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि दुई देशका सम्बन्धित अधिकारीले नौं बुँदामा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

Hardik ivf

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार नौ वटा समझदारी तथा सम्झौतापत्रमा टोखा–छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, थर्मली प्रोसेस बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल रहेको छ। 

यसैगरी विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र तथा नेपाल टेलिभिजन र चाइना मिडियाबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र छन्। 

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज अत्यन्त सौहार्दपूर्ण रूपमा द्विपक्षीय वार्ता सम्पन्न भएको जनाइएको छ । वार्तामा द्विपक्षीय हितका विविध पक्षमा विस्तृत रूपमा छलफल भएको थियो। 

द्विपक्षीय बैठकमा खासगरी कनेक्टीभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, जनता–जनताबीचको सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो।

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्