Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरेका हुन्।
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदप्रति श्रद्धाञ्जली

बेइजिङ, मंसिर १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन्।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरेका हुन्।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चिनको बेइजिङ पुगेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गरे।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मंसिर २० गते स्वदेश फर्कने तालिका छ।
 

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, मंसिर १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्