Kathmandu Press

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने

दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले ३ डिसेम्बर देखि १० डिसेम्बरसम्म भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन्। 
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने

काठमाडौं, मंसिर १८ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन्।

दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले ३ डिसेम्बर देखि १० डिसेम्बरसम्म भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन्। 

Hardik ivf

अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरुसँग भेटवार्ता गर्ने छन्। भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तीकरण, साँस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

उनको यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुकसँगको सम्बन्ध मजबुत हुने र क्षेत्रीय समृद्धिका लागि बल पुग्ने अमेरिकाको विश्वास छ।

लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायकमन्त्री मध्येका एक हुन। उनले यसअघि पनि तीनपटक नेपालको भ्रमण गरिसकेका छन्। पछिल्लो पटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।

त्यसअघि उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए।

एमसीसी पारित हुने विषयमा नेपालमा चर्काे बहस भइरहेको अवस्थामा सोही बेला लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वाद गरेका थिए।

संवाद पछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गरेको थियो।

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्