दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा सदूरपश्चिमको सानदार जित
मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनको फराकिलो अन्तरले हरायो।काठमाडाैं, मंसिर १८ : नेपाल प्रियिमर लिगमा सुदूरपश्चिम रोयल्सले सानदार सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनको फराकिलो अन्तरले हरायो।
पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विरटागनर १६.१ ओभरमा ९२ रनमै अलआउट भयो। उसका लागि बासिर अहमदले सर्वाधिक २४ रन बनाउँदा राजेश पुलामी मगरले १५ र अनिल खरेलले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
उसका आशा गरिएका ब्याट्सम्यान मार्टिन गप्टिल गोल्डेन डकआउट हुँदा लोकेश बम २, निकोल किर्टन ५, इमस्त आलम ६ रनमै आउट भएपछि विराटनगरले लागतार दोस्रो हार बेहो¥यो।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेजिल र अविनाश बोहराले समान ३ विकेट लिए भने ब्रान्डन म्याकमुलेन, सइफ जइब र इशान पाण्डेले समान १ विकेट लिए।
त्यअसघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतमा ७ विकेटको क्षतिमा १८२ रन बनायो । यो जारी प्रतियोगिताको सर्वाधिक ठूलो योगफल हो। दीपेन्द्रले ५७ बलमा ३ चौका र ५ छक्का मद्दतमा ५७ रन बनाए। यो नेपाली खेलाडीको दोस्रो अर्धशतक हो। यसअघि अनिल शाहले अर्धशतक बनाएका थिए।
यस्तै, म्याकमुलेनले २६ बलमा समान २ चौका र छक्का मद्दतमा ३६ रन बनाउँदा विनोद भण्डारीले २३, इशान पान्डेले २१ रनको योगदान दिए।
बलिङमा विराटनगरका अनिल खरेलले ३ विकेट लिए भने क्रिस सोल, इस्मत आलम र बासिर अहमदले समान १ विकेट लिए। लागतार दोस्रो खेलमा कप्तान सन्दीप लामिछाने भने विकेट बिहीन बने।