नक्कली सुन देखाइ ठगी गर्ने ६ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
मोरङ, मंसिर १८ : नक्कली सुन देखाइ ठगी गर्ने ६ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
झापाको तोपगाछी गाउँपालिका १ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका ३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दंगवा, कन्काई नगरपालिकाका९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बंगाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ र सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।
चिमोरियाका अनुसार निजहरूको साथबाट नगद दुई लाख ७२ हजार चार सय ३० नेपाली रुपैयाँ र दुई हजार ६ सय ३ भारतीय रुपैयाँ, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ।