Kathmandu Press

एक हजारले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एक हजारले बढेर प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको हो।
एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं, मंसिर १८ :  नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एक हजारले बढेर प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको हो।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। 

 

प्रकाशित मिति: ११:०३ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्