Kathmandu Press

अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता

एक विज्ञाप्ती जारी गर्दै काङ्ग्रेसले ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने बताए । 
अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता

काठमाडौं, मंसिर १८ : नेपाली काङ्ग्रेसले ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गरेको छ । 

एक विज्ञाप्ती जारी गर्दै काङ्ग्रेसले ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने बताए । 

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन नेपाली कांग्रेस सदैव प्रतिबद्धता पनि जनाएका छन् । 

प्रकाशित मिति: ०८:३७ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्