Kathmandu Press

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष एमालेले जित्यो

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष एमालेले जितेको छ।
गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष एमालेले जित्यो

काठमाडौं, मंसिर १७ ।  दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष एमालेले जितेको छ।

सोमबार राति सकिएको मतगणना अनुसार उपाध्यक्षमा एमालेकी उमा लुंगेली मगर विजयी भएकी छन्।

Hardik ivf

उनले २ हजार ८०५ मत ल्याइन्। माओवादीकी निम लेकी शेर्पाले २ हजार ६०० मत प्राप्त गरिन्।

गौरीशंकरमा मतगणना सुरू भएदेखि दिउँसोसम्म माओवादी अगाडि थियो। मतगणना अन्तिम चरणमा पुग्दा एमालेले उछिनेको थियो।

कांग्रेसकी पासदिकी तामाङले भने १ हजार ७२७ मत ल्याइन्। २०७९ को निर्वाचनमा गौरीशंकरको उपाध्यक्ष माओवादीसँगको गठबन्धनबाट कांग्रेसले जितेको थियो।

प्रकाशित मिति: २२:२७ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्