Kathmandu Press

बेलकामा मतगणना सुरू, माओवादीलाई प्रारम्भिक अग्रता

उदयपुरको बेलका नगरपालिका-९ मा मतगणना पुनः सुरू भएको छ।
बेलकामा मतगणना सुरू, माओवादीलाई प्रारम्भिक अग्रता

काठमाडौं, मंसिर १७ । उदयपुरको बेलका नगरपालिका-९ मा मतगणना पुनः सुरू भएको छ।

सोमबार दिउँसो दलहरूबीच बदर मतलाई लिएर स्थगित भएको मतगणना निर्वाचन आयोगको निर्देशनपछि पुनः सुरू भएको हो।

Hardik ivf

मतगणनाको प्रारम्भिक नतिजाअनुसार बेलका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमेरेले अग्रता लिएका छन्। उनले २१८ मत पाएका छन्।  

एमालेका मोहन खड्का १८७ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसका नवराज वस्नेतले १४९ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माको ३९ र राप्रपाका टिकाप्रसाद फुयलको १४ मत छ।

 सोमबार दिउँसो ५०० मत गन्दा २२० मत बदर भएपछि मतगणना रोकिएको थियो।

 विवाद सुल्झाउन सर्वदलीय बैठक बसेपनि समाधान नभएपछि निर्वाचन आयोगले फेरि मतगणना गर्न पत्राचार गरेको थियो।

यहाँ वडाध्यक्षका लागि १८८५ मत खसेको थियो।

प्रकाशित मिति: २२:०२ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्