Kathmandu Press

कांग्रेसले जित्यो कीर्तिपुर नगरपालिकाको मेयर

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्।
कांग्रेसले जित्यो कीर्तिपुर नगरपालिकाको मेयर

काठमाडौं, मंसिर १७ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्।

सोमबार राति सकिएको मतगणना अन्तिम परिणामअनुसार कांग्रेसका कृष्णमान डंगोल ५ हजार ३३४ मत प्राप्त गर्दै मेयर निर्वाचित भएका हुन्।

Hardik ivf

यहाँ माओवादी केन्द्रका शिवशरण महर्जन ४ हजार ५५५ मत ल्याउँदै दोस्रो भए। एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याए।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरू राजमान मानन्धरले २०३६, कविकुमार महर्जनले १ हजार ३१४ र दिनेश कुमार अधिकारीले १०४८ मत ल्याए।

योसँगै कीर्तिपुर नगरपालिकामा उपनिर्वाचन भएको मेयर र दुई वडाध्यक्ष नै कांग्रेसले जितेको छ।

प्रकाशित मिति: २१:३७ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्