Kathmandu Press

गौरीशंकरमा एमालेले माओवादीलाई उछिन्यो, कसको कति मत?  

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र पछि परेको छ।
गौरीशंकरमा एमालेले माओवादीलाई उछिन्यो, कसको कति मत?  

काठमाडौं, मंसिर १७ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र पछि परेको छ।

सुरूवातमा दोब्बरसम्मको मतान्तरले अग्रता लिएकी माओवादी उम्मेदवार निमलेकी शेर्पा बेलुका ८ बजेपछिको परिणामअनुसार एमालेकी उमा लुंगेली मगरले उछिनेकी हुन्।

Hardik ivf

निर्वाचन आयोगका अनुसार लुंगेलीले १ हजार ९७२ मत ल्याउँदा माओवादीकी शेर्पाले  एक हजार ९०६ मत ल्याएकी छन्। यहाँ कांग्रेसकी पासदिकी तामाङले १ हजार २८१ मत पाएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा श्रेष्ठले ७७ र राप्रपाकी मनकुमारी श्रेष्ठले ७६ मत ल्याएकी छन्।

गौरीशंकर उपाध्यक्षमा यसअघि कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए।  

प्रकाशित मिति: २०:२६ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्