Kathmandu Press

कीर्तिपुर मेयरमा कांग्रेसलाई एक हजार बढीको मतान्तर, कसले कति पाए मत?

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा डंगोलले एमाले उम्मेदवार सुरेन्द्र मानन्धरलाई ११ सय भन्दा बढी मतले पछि पारेका हुन्।
कीर्तिपुर मेयरमा कांग्रेसलाई एक हजार बढीको मतान्तर, कसले कति पाए मत?

काठमाडौं, मंसिर १७ । काठमाडौंको कीर्तिपुर नगरपालिका मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले १ हजार भन्दा बढी मतले अग्रता लिएका छन्।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा डंगोलले एमाले उम्मेदवार सुरेन्द्र मानन्धरलाई ११ सय भन्दा बढी मतले पछि पारेका हुन्।

डंगोलले ४ हजार ७६८ मत ल्याउँदा एमालेका मानन्धरले ३ हजार ६६६ मत ल्याएका छन्।

माओवादीका शिवशरण महर्जनले ३ हजार ३२७ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार ७०५ मत ल्याएका छन्। कविकुमार महर्जनले १२२१ र दिनेशकुमार अधिकारीले १०४३ मत पाएका छन्।

कीर्तिपुरमा यसअघि कांग्रेसले नै जितेको थियो।

प्रकाशित मिति: २०:०१ बजे, सोमबार, मंसिर १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्