Kathmandu Press

तीन दिनमा सकियो काठमाडौंमा रवि लामिछानेको बयान, पोखरा फर्काउने तयारी

तीन दिन लगाएर लिइएको बयानमा लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबारे ७५ वटा प्रश्न गरिएको थियो।
तीन दिनमा सकियो काठमाडौंमा रवि लामिछानेको बयान, पोखरा फर्काउने तयारी
फाइल तस्बिर।

काठमाडौं, मंसिर १७ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबारे अनुसन्धानका लागि काठमाडौं ल्याइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ। 

मंसिर १३ गते काठमाडौं ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा त्यसको भोलिपल्टदेखि बयान सुरू भएको थियो।

तीन दिन लगाएर लिइएको बयानमा लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबारे ७५ वटा प्रश्न गरिएको थियो।

Hardik ivf

बयानका क्रममा सहकारीबाट ऋण लिएको विषय आफूलाई थाहा नभएको लामिछानेले बताएका छन्।

स्वर्णलक्ष्मीबाट लामिछाने र जिबी राईको नाउँमा सवारी खरिद प्रयोजनका लागि ऋण निकालिएको तथ्य सार्वजनिक भएको थियो।

ऋण लिएको विषयमा जिबी राईलाई नै थाहा हुने लामिछानेले बयानका क्रममा बताएका छन्। 

बयान सकिएपछि उनलाई पुनः पोखरा पठाउने तयारी छ।

उनीविरूद्ध चितवन प्रहरीले पनि पक्राउ पुर्जी लिएको छ। चितवनको सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा उनीसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

सोहीबीच जिल्ला प्रहरी कार्यालय पर्साले पनि सानो पाइला ऋण तथा बचत सहकारीको बचत अपचलबारे अनुसन्धान गरिरहेको छ। त्यसमा लामिछानेको संलग्नता भेटिए  पर्सामा पनि लगेरर बयान लिन सक्नेछ।

प्रकाशित मिति: १९:१२ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्