Kathmandu Press

कीर्तिपुरमा तीन वडा गन्न बाँकी हुँदा कसले कति मत पाए?

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मतगणना करिब अन्तिम चरणमा पुगेको छ।
कीर्तिपुरमा तीन वडा गन्न बाँकी हुँदा कसले कति मत पाए?

काठमाडौं, मंसिर १७ : काठमाडौंको कीर्तिपुर नगरपालिकाको मतगणना करिब अन्तिम चरणमा पुगेको छ।

साँझ ६ बजेसम्म यहाँ  सात वडाको मत गणना भइसकेको छ। कीर्तिपुरकी निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार सात वडा गनिसक्दा कांग्रेसका कृष्णमान डंगोलले सात सय बढी मतले अग्रता लिएका छन्।

उनले ३ हजार ६५२ मत ल्याउँदा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ९०७ मत पाएका छन्।

माओवादी केन्द्रका  उम्मेदवार शिवशरण महर्जनसँग कांग्रेसका डंगोलको मतान्तर १ हजारभन्दा बढी छ।

माओवादीका महर्जनले २ हजार ५०८ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२९४ मत ल्याएका छन्। अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले १०१२ र कविकुमार महर्जनले ८५५ मत ल्याएका छन्।

कीर्तिपुर नगरपालिकाको मेयर यसअघि कांग्रेसले जितेको थियो।

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, मंसिर १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्