Kathmandu Press

बेइजिङ पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ पुगेका छन्।
बेइजिङ पुगे प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर १७ : प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ पुगेका छन्।

सोमबार बिहान हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट चीन उडेका प्रधानमन्त्री ओली नेतृत्वको टोली साँझ बेइजिङ पुगेको हो।

बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले प्रधानमन्त्री ओलीलाई स्वागत गरे।

Hardik ivf

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आइतबार बेइजिङ पुगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन्। त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य पनि छन्। त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन्।

हिमालय एयरलाइन्सका उपाध्यक्ष  विजय श्रेष्ठले उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसर प्रदान गरेकोमा सरकारलाई धन्यवाद दिए।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल मंसिर २० गते हिमालयन एयरलाइन्सकै चार्टर्ड विमानबाट  काठमाडौं फर्कने उनले जानकारी दिए।  

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्