Kathmandu Press

बेलकामा फेरि मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

आइतबार बिहानदेखि सुरू भएको मतगणनामा  ५ सय मत गनिसक्दा २२० मत बदर भएपछि दलहरूबीच विवाद भएको थियो।
बेलकामा फेरि मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं, मंसिर १७ । उदयपुरको बेलका नगरपालिका-९ मा सुरूबाट मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

आइतबार बिहानदेखि सुरू भएको मतगणनामा  ५ सय मत गनिसक्दा २२० मत बदर भएपछि दलहरूबीच विवाद भएको थियो।

Hardik ivf

विवाद  पछि मतगणना नै स्थगित भएको थियो। मतगणना सुचारू गर्न प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला निर्वाचन अधिकारीले दलहरूसँग छलफल गरेको थियो।

छलफलबाट विवाद सुलह नभएपछि प्रमुख जिल्ला अधिकारीले निर्वाचन आयोगलाई जानकारी दिएका थिए।

आयोगले पत्र नै पठाएर पुनः मतगणना गर्न निर्देशन दिएको हो। यद्यपि पुन मतगणना गर्ने पक्षमा एमाले तयार छैनन्। उनीहरुले मतगणना सुरूबाट भए निर्वाचन नै बहिस्कार गर्ने तयारी गरेको छ।

बेलका-९ यसअघि नेपाली कांग्रेसका पदम खड्का विजयी भएका थिए। सडक दुर्घटनामा उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको थियो।

उपनिर्वाचनमा कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का, माओवादी केन्द्रबाट भरत घिमिरे र रास्वपाबाट तेजमान विश्वकर्मा उम्मेदवार छन्। वडाध्यक्षका लागि १८८५ मत खसेको थियो।

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्