Kathmandu Press

रोल्पाका ट्राफिक प्रहरी प्रमुख बुढाथोकी घुससहित पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट सोमबार  खटिएको टोलीले प्रहरी नायव निरीक्षक बुढाथोकीलाई घुससहित रंगेहात पक्राउ गरेको हो। 
रोल्पाका ट्राफिक प्रहरी प्रमुख बुढाथोकी घुससहित पक्राउ 

काठमाडौं, मंसिर १७: रोल्पाका ट्राफिक प्रहरी प्रमुख ललितकुमार बुढाथोकीलाई अख्तियार टोलीले घुससहित रंगे हात पक्राउ गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट सोमबार  खटिएको टोलीले प्रहरी नायव निरीक्षक बुढाथोकीलाई घुससहित रंगेहात पक्राउ गरेको हो। 

बुढाथोकीलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो। 

अख्तियारका अनुसार बुढाथोकीले सवारी आवतजावत सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस रकम लिएका थिए। 

प्रकाशित मिति: १७:३५ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्