काठमाडौंमा बयान सकिएपछि रविलाई विरगञ्ज लगिने
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई वीरगञ्ज लैजाने तयारी प्रहरीको छ। लामिछानेविरुद्ध पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम अपचलनमा समेत जाहेरी परेको छ।
काठमाडौं, मंसिर १७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा बयान चलिरहेको छ।
सरकारी वकील कार्यालयमा लामिछानेको बयान आजै सकाउने तयारी भइरहेको छ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा शुक्रबारदेखि लामिछानेसँग बयान शुरु भएको थियो। काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई वीरगञ्ज लैजाने तयारी प्रहरीको छ।
लामिछानेविरुद्ध पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम अपचलनमा समेत जाहेरी परेको छ।
उक्त जाहेरी अनुरुप लामिछानेविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने तयारी गरेको छ। काठमाडौंलगत्तै रवि र छविलाई पर्सा लैजाने प्रहरीको तयारी छ।
काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालय स्रोतका अनुसार सकेसम्म सोमबारै बयान सकाउने तयारी छ।
प्रकाशित मिति: १६:२९ बजे, सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












