Kathmandu Press

रास्वपाले ११ स्थानमा ५० मत कटाउन सकेन

चौथो ठूलो राष्ट्रिय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनमा एकवटा वडाध्यक्ष पदमा जित हात पार्दा ११ स्थानमा ५० भन्दा कम मतमा चित्त बुझाउनुपरेको
रास्वपाले ११ स्थानमा ५० मत कटाउन सकेन

काठमाडौं, मंसिर १७ : चौथो ठूलो राष्ट्रिय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनमा एकवटा वडाध्यक्ष पदमा जित हात पार्दा ११ स्थानमा ५० भन्दा कम मतमा चित्त बुझाउनुपरेको छ। 

मतपरिणाम अन्तिम चरणमा पुग्नै लाग्दा रास्वपाले काठमाडौं महानगरपालिकाको वडा नम्वर–१६ को वडाध्यक्ष पदमा जित हासिल गरेको  छ। अन्य स्थानमा भने निकै कमजोर स्थिति देखिएको छ। 

Hardik ivf

काठमाडौँ–१६ को वडा अध्यक्ष पदमा रास्वपाकी रोजिना श्रेष्ठ दुई हजार ९०२ मतका साथ निर्वाचित भएकी छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष निर्वाचनमा रास्वपाका उम्मेदवार सुरसैद खाँले जम्मा ४ मत प्राप्त पाए। 

यस्तै, तिलगुफा नगरपालिका–४ को वडाध्यक्षमा पनि रास्वपाका गगन बलमे ५ मत मात्र प्राप्त गरे।

यता, रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्षमा रास्वपाका उम्मेदवार शेख असराजले ६ मत प्राप्त गरे। रुन्टीगढी गाउँपालिका–४ मा पनि रास्वपाका उम्मेदवार हिमबहादुर पुनले ७ मत मात्र प्राप्त गरे। 

सिरिजंघा गाउँपालिका–३ मा पनि देवी प्रसाद पौडेलले ७ मत पाए। धनुषाधाम नगरपालिका–१ को वडा अध्यक्षका उम्मेदवार रामनरेश दासले १० मत ल्याए। 

ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्ष पदमा बासुदेव शर्माले १७ मत पाएका छन् । पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षका उम्मेदवार जानकीकुमार खड्का (कुँवर)ले ३१ मत ल्याइन्। 
यस्तै, गढी गाउँपालिका–६ को वडा अध्यक्ष पदका उम्मेदवार शशि कुमार साहुले ३३ मत ल्याए । लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष उम्मेदवार सन्जिव खड्काले ३८ मत ल्याए । यसैगरी मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा विकास थापाले ४३ मत ल्याए । 
 

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्