Kathmandu Press

उपनिर्वाचन: तीन स्थानको मात्र परिणाम आउन बाँकी  

कीर्तिपुर नगरपालिका नगरप्रमुख, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष र उदयपुरको वेलका वडा नं. ९ को अन्तिम परिणाम आउन बाँकी रहेको छ। 
उपनिर्वाचन: तीन स्थानको मात्र परिणाम आउन बाँकी  

काठमाडौं, १७ मंसिर : गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचन मध्ये अब तीन स्थानको मात्र अन्तिम नतिजा आउन बाँकी रहेको छ। 

४१ पदमा भएको निर्वाचनमध्ये ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ। 

कीर्तिपुर नगरपालिका नगरप्रमुख, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष र उदयपुरको वेलका वडा नं. ९ को अन्तिम परिणाम आउन बाँकी रहेको छ। 

कीर्तिपुरको नगरप्रमुखमा कांग्रेस उम्मेदवार अगाडी रहेका छन् भने दोलखाको गौरिशंकर र उदयपुरको वेलकामा माओवादी उम्मेदवारले अग्रता लिइरहेका छन्।
 
प्रकाशित मिति: १६:०५ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्