Kathmandu Press

छक्का हान्दै अनिलले बनाए अर्धशतक

कीर्तिपुरस्थित टियू मैदानमा जारी कर्णाली याक्सविरुद्धको खेलमा अनिलले जिशन मक्सुदको बलमा छक्का हान्दै अर्धशतक बनाए। अनिलले ३६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
छक्का हान्दै अनिलले बनाए अर्धशतक

काठमाडाैं, मंसिर १७ : जनकपुर बोल्ट्सका कप्तान अनिल साहाले अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा जारी कर्णाली याक्सविरुद्धको खेलमा अनिलले जिशन मक्सुदको बलमा छक्का हान्दै अर्धशतक बनाएका हुन्। उनले १३ औं ओभरको तेस्रो बलमा छक्का हाने।

Hardik ivf

अनिलले ३६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन्। उनी ५३ रन बनाएर खेलिरहेका छन्। 

जारी एनपिएलको यो तेस्रो अर्धशतक हो भने नेपाली खेलाडीले बनाएको पहिलो अर्धशत हो। यसअघि उद्घाटन खेलमा विराटनगर किंगसका मार्टिन गप्टिल र जनकपुरकै लहिरु मिलन्थाले अर्धशतक बनाएका थिए।

अनिलको अर्धशतकमा १४२ रनको लक्ष्य पछ्याएको जनकपुर जित नकिज छ। ताज अवस्थामा जनकपुरले १३ ओभरमा २ विकेटको क्षतिमा ११७ रन बनाएको छ। क्रिजमा अनिल र जिमी निशम छन्।

प्रकाशित मिति: १५:५६ बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्