Kathmandu Press

नेप्से १९ अंकले बढ्यो, १० अर्ब बढीको कारोबार

सोमबार नेप्ने परिसुचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा कायम भएको छ भने १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५६४ रुपैयाँको कारोबार भएको हो।
नेप्से १९ अंकले बढ्यो, १० अर्ब बढीको कारोबार

काठमाडौं, मंसिर १७ : सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। सोमबार नेप्ने परिसुचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा कायम भएको छ। 

नेप्स बढेसँगै कारोबार रकम पनि आइतारको तुलनामा बढेको छ। ३१४ स्क्रिप्सको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर खरिदबिक्री हुदाँ १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५६४ रुपैयाँको कारोबार भएको हो।

दोहोरो अंकले बढेको बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

सोमबार नेपाल फाइनान्सकोे सेयर ८.७२ प्रतिशतले घटेको छ। चार समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन। ट्रेडिङ समूहको उपसूचक ९.७० प्रतिशतले बढेको हो।

कारोबारमा आएकामध्ये १२६ वटा स्टक्सको मूल्य बढ्दा ११२ वटाको भने घटेको छ।

प्रकाशित मिति: १५:५० बजे, सोमबार, मंसिर १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्